करिब २१ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न चिनियाँ युवती पक्राउ « Khabarhub

करिब २१ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न चिनियाँ युवती पक्राउ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुन्डी कारोबारमा संलग्न एकजना चिनियाँ नागरिकलाई प्रहरीले २० लाख ९२ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

बुधबार बेलुका साढे ५ बजेको समयमा काठमाडौंको महाबौद्धमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई उक्त परिमाणको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको तिब्बत निावसी २६ वर्षीया रिक्से वाङ्मो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए । बोहोराका अनुसार उनी स्थायी रुपमा भारतको हिमाचल प्रदेशस्थित जोगिन्दरनगरको सुजा गाउँमा बस्दै आएकी थिइन् ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बोहोराले बताए ।

उनको साथबाट १ हजार दरको ११८३ थान जम्मा ११ लाख ८३,००० हजार रुपैयाँ, ५०० दरको नोट थान १८१८ जम्मा ९ लाख ९ हजार रुपैयाँ बरामद भएको छ । त्यसैगरी आईफोन एकथान पनि बरामद भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी