सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु « Khabarhub

सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर नजिकै रहेको बोकेदह सामुदायिक लागेको डढेलो गाईगोठमा आयो कि भनेर श्रीमती र दाजुसहित गएराति उनी बारीमा गएका थिए ।

बारी छेउको भिरबाट लडेर पाख्रिन बेपत्ता भएको र खोजतलाश गर्ने क्रममा आज भोर्लाको लहरामा अड्किएको र डढेलोमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ९ : ५० बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)