आज २०८२ साल वैशाख २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २० गते शनिबारको राशिफल


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २० गते शनिबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मे ३ तारिख। राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृष : बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा आफ्नो काम गर्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मिथुन : सञ्चित धन खर्च हुने दिन छ। आफन्तले राम्रो साथ दिनेछन्। तपाईंले सुझावलाई सहजै ग्रहण गर्नुपर्नेछ। सन्तानबाट सुखको अनुभूति हुनेछ। भाग्यको स्थानमा शुभग्रह बसेकाले परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

कर्कट : आफ्नै बोलीका कारण तपाईं फस्ने जोखिम छ। बोल्दा सोचेर बोल्नुपर्ने दिन छ। सम्पत्ति र सन्ततिले साथ दिनेछन्। समाजमा तपाईंको मान र प्रतिष्ठा बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। राम्रो कामको सुरुवात गर्न हिम्मत गर्नुपर्नेछ। मनको कुरा सार्वजनिक गर्नु भन्दा अगाडि काम सक्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले प्रवेश नगर्नु राम्रो हुनेछ।

तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन आएको छ। मनमा उत्साह थपिनेछ। स्वास्थ्यले साथ दिनेछ। गुरुसँग झुकेर कुरा गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

विश्चिक : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दिन सामान्य छ। विपक्षी साथीसँग तर्क गर्दा ख्याल गर्नुपर्नेछ। अरुले गरेका गल्तीको दोष तपाईंमाथि लाग्ने जोखिम छ। परिवारलाई समय दिन नसक्दा मन अशान्त बन्नेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिहिनेत गर्नुपर्नेछ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। बन्धुले असहयोग गर्नेछन्। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मीन : मनमा चञ्चलता बढ्नेछ। आजको भन्दा भोलिको कुरालाई मध्यनजर गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ०३ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र