अबुधाबीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित « Khabarhub

अबुधाबीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली दूतावास अबुधाबीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो ।

सो शिविरमध्ये शुक्रबार युएईमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए ।

नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधाबीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले  नि:शुल्करूपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारीरिक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गर्नुभएको नेपाली दूतावासले जनाएको छ ।

सो कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो  अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरूपमा सञ्चालन गरिएको थियो ।

राजदूतावासले सेवा प्रवाहसँगै युएईमा कार्यरत नेपालीलाई शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएईले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ ।

दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : २९ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट