शासकको आँखामा जब अक्षर बिझाउँछ « Khabarhub

गीतको शक्ति

शासकको आँखामा जब अक्षर बिझाउँछ

पञ्चदेखि गणतन्त्रका नेतासम्म त्राहीमाम



‘एक मुठी चामल पाऊँ लौ हजुर, जयजय मनाऔँला !’
‘धर्म कठै बग्यो कर्मले है ठग्यो, घरघर मगन्ते भेषमा डुल्नुप-यो।’
‘बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओड्दछौँ शीतका धारा…।’

यो गीत, गीतकार रत्नशमशेर थापाले पञ्चायतकालीन व्यवस्थाको रजगज भएको समयमा नारायण गोपालको आग्रहमा उहाँसँगै बसेर लेखेका थिए। नारायण गोपालले आफ्नै संगीतमा रेडियो नेपालबाट प्रत्यक्ष गाउनुभएको यो धुँवादार गीत त्यसपछि कहिल्यै बज्न पाएन। गीतकार कालीप्रसाद रिजालका अनुसार त्यसबेला गीतको स्थायी पंक्तिलाई धूँवा भन्ने चलन थियो।

नारायणगोपालले यो गीतको स्थायी पंक्ति सुनेपछि, ‘धूँवा त धुँवादार छ त !’ भनेका थिए। पछि गीतकार थापाले ‘धर्म कठै बग्यो कर्मले है ठग्यो, घरघर मगन्ते भेषमा डुल्नुप-यो।’ ‘बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओड्दछौँ शीतका धारा….’ अन्तरा थपेका थिए। तर यो गीतमा प्रतिबन्ध मात्र लागेन, उक्त गीत रेकर्ड भएको टेप समेत धुजा धुजा पारेर नष्ट गरियो। रेडियो नेपालभित्र चाकडी-चुक्ली र चाप्लुसीलाई परम्परा बनाएर बसेकाहरुले ‘सर्वहारा’ शब्दलाई तात्कालीन व्यवस्था विरोधी शब्दका रुपमा व्याख्या गरेका थिए।

यस्तै घानमा वरिष्ठ गीतकार रिजाल धेरै पटक परे।

आँखा छोपी नपरोऊ भनी भन्नुप-या छ।
मुटुमाथि ढुंगा राखी हाँस्नुप-या छ।।

कालीप्रसाद रिजालको शब्दलाई नारायणगोपालले स्वर तथा संगीत भरेको यो गीत पनि त्यसैगरी व्यवस्थाको कोपभाजनमा परेको थियो। यो गीत ०३१ सालमा सूचना विभागको निर्देशक भएको समयमा गीतकार रिजालले लेखेका थिए। यो गीत रेडियोमा खुब बज्न थालेपछि कुनै राजभक्तले दरबारमा बिन्तीपत्र हाल्यो। सूचना विभागको डाइरेक्टर कालीप्रसाद रिजालले पञ्चायती व्यवस्थाविरोधी गीत लेखेको छ।

‘आँखा छोपी नरोऊ भनी भन्नु प-या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु प-या छ’ अर्थात ‘यो व्यवस्थाबाट जनता सन्तुष्ट छैनन्, तर पनि हाँसेर चुपचाप सहिरहेका छन्’ भन्ने सन्देश दिन खोजेको छ। त्यसपछि यो गीत रेडियो नेपालमा लामाे समय बज्न पाएन।

त्यसबेला सञ्चार मन्त्रालयका सचिव तीर्थराज तुलाधारले यो गीतमा व्यवस्था विरोधी भाव नरहेको जवाफ दरवारमा पठाएपछि विस्तारै बज्न थालेको थियो। नेपाली गीत संगीतका क्षेत्रमा पुरै जिन्दगी समर्पण गरेका श्रष्टाहरुसँग पञ्चायती निरंकुशतासँग जोडीएका यस्ता थुपै्र अनुभव छन्।

नारायणगोपाल र तारादेवीको युगल स्वरमा रेडियो नेपालमा एक पटक मात्र बजेको यो गीत पनि त्यसपछि कहिल्यै बज्न पाएन।

(हाँस्छौं गाउँछौं बसन्त ल्याउँछौं प्रेमको अनुरोधमा
धन्दा लिन्नौं हामी केही उनको विरोधमा…।।)
(सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी
झल्किन्छ यो नजरमा मोती होइन पानी…।।)

नारायण गोपालको स्वर-संगीतमा रेकर्ड गर्न खोजिएको यो गीत पनि ‘कम्युनिष्टले गाउने खालको गीत’ भनेर रेडियो नेपालका कर्मचारीले रेकर्ड गर्नै मानेनन्। नेपाली गीत संगीत तथा साहित्यका सर्जकहरुको मानसपटलमा व्यवस्था विरोधी बिल्ला भिराइएका यस्ता धेरै अनुभव छन्। अहिले परिवर्तित गणतान्त्रिक व्यवस्थामा तिनै सर्वहारा वर्गको नेतृत्व गर्ने भन्दै राजनीतिक मोर्चामा स्थापित भएका कम्युनिष्ट नेता यस्तै निरंकुश पञ्चायती व्यवस्थाको झल्को दिनेगरी नियन्त्रण, निगरानी र निषेधको हर्कत दोहो-याइरहेका छन्।

प्रेस तथा वाक स्वतन्त्रताको विषय उठ्दा पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै लोक गायक पशुपति शर्माले लेखेको तथा गाएको (लुट्न सके लुट कान्छा लुट्न सके लुट…।।) प्रतिनिधि उदाहरण हो। जुन गीत सर्वहारा कम्युनिष्ट पार्टीको नेता विद्या भण्डारी राष्ट्रपति र अर्का नेता केपी शर्मा ओली प्रधानमन्त्री रहँदा युट्यूबबाट समेत हटाइएको थियो।

त्यसयता सामाजिक सञ्जालमा लेखेको, समाचार छापेको तथा कार्टुन र कमेन्ट लेखेको भरमा धेरै नागरिक पक्राउ परेका छन्। राजा नभएको देशमा निरंकुश राजाकै शैलीमा नागरिकलाई दण्डित गरिएको छ। आलोचना गर्नेहरुको मुख थुन्ने प्रयत्न निरन्तर भइरहेको छ।

नेपालबाट राजतन्त्र औपचारिक रुपमा विदाइ भइसकेको छ। यसको पुनरोदय अथवा पुनस्र्थापना सम्बन्धी वहश बेलाबेलामा चल्छ, बहश चल्ने मैदान यिनै अलोकप्रिय नेताहरुले बनाइरहेका छन्। राजतन्त्रको अन्त्यपछि राजाको तलतल मेटाउने तथा राजाको झल्को दिने तामसी गतिविधि निरन्तर गरिरहेका छन्।

निरंकुशताको चौघेरा तोडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्रको रुझान केलाउने हो भने, राजा महाराजा बन्ने सपना बुनिरहेका तिनै लोकतान्त्रिक तथा सर्वहारा कम्युनिष्ट नेता नै क्रमशः पञ्चायती निरंकुशता बिर्साउने हर्कतमा उत्रिरहेका छन्।

अझै पनि राजनेता जन्माउन नसकेको प्रणालीले जताततै राजा जन्माएको अपजस बोकी रहेको छ। भलै तुलनात्मक रुपमा पञ्चायती व्यवस्थामा वाक तथा प्रेस स्वतन्त्रता धेरैगुणा कुण्ठित थियो। तर त्यही निरंकुशताको चौघेरा तोडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्रको रुझान केलाउने हो भने, राजा महाराजा बन्ने सपना बुनिरहेका तिनै लोकतान्त्रिक तथा सर्वहारा कम्युनिष्ट नेता नै क्रमशः पञ्चायती निरंकुशता बिर्साउने हर्कतमा उत्रिरहेका छन्।

नेता अथवा मूल नेतृत्वको विरोध तथा निन्दा पार्टी भित्र वर्जित छ। कुशासन, भ्रष्टाचार, अनियमितताको डंगुरमा डुबेको अलोकप्रिय नेतृत्व विरुद्ध सामाजिक सञ्जाल अथवा सार्वजनिक कार्यक्रमहरुमा विरोध गर्ने जोकोहीले निगरानी, गिरफ्तारी, झुठा मुद्दा, भौतिक हमला अथवा धम्कीका श्रृंखला सामना गरिरहेका छन्। यो अहिलेको हाम्रो बहुदलीय लोकतन्त्र अथवा ३० बर्षे निर्दलीय पञ्चायती व्यवस्थाको समान कुरुप वास्तविकता हो।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : ५७ बजे

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि