स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे  « Khabarhub

स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले यसको रक्षा गर्नु संसदको पनि प्रमुख दायित्व भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिवसका अवसरमा सभामुख घिमिरेले सञ्चारकर्मी, सञ्चार माध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता केवल पत्रकारको हक मात्र नभइ सुसूचित हुन पाउने जनताको हक पनि भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुनसक्ने उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले सत्यको अन्वेषणमा जीवन गुमाएका र जोखिम मोलेका सञ्चारकर्मीहरूलाई श्रद्धापूर्वक सम्झन चाहेको सन्देशमा जनाएका छन् ।

युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ०७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल