स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे  « Khabarhub

स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले यसको रक्षा गर्नु संसदको पनि प्रमुख दायित्व भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिवसका अवसरमा सभामुख घिमिरेले सञ्चारकर्मी, सञ्चार माध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता केवल पत्रकारको हक मात्र नभइ सुसूचित हुन पाउने जनताको हक पनि भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुनसक्ने उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले सत्यको अन्वेषणमा जीवन गुमाएका र जोखिम मोलेका सञ्चारकर्मीहरूलाई श्रद्धापूर्वक सम्झन चाहेको सन्देशमा जनाएका छन् ।

युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ०७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको