व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना | Khabarhub Khabarhub

व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दमौली–  व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा एकीकरण आयोजनामा २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति भएको छ । 

व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा एकीकरण आयोजनामा चैत मसान्तसम्म उक्त प्रगति भएको हो । त्यस्तै आयोजनामा २५ प्रतिशत आर्थिक प्रगति भएको व्यास नगरपालिकाका इन्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए । व्यास नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार १८ लागतमा जग्गा एकीकरणको काम सुरु गरेको छ । 

प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माणका लागि रु ५९ लाख ९० हजार ७८१ मा ठेक्का लागेको थियो । उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ । 

आयोजनाअन्तर्गत आठ मिटर चौडाइ भएको सडक ४२२ मिटर, सात मिटर चौडाइ भएको सडक एक हजार २१५ मिटर, छ मिटर चौडाइ भएको सडक दुई हजार दुई सय २० मिटर र चार मिटर चौडाइ भएको सडक तीन सय ३४ मिटर निर्माण गरिने इन्जिनियर मूलले जानकारी दिए । 

उनका अनुसार आयोजनाको क्षेत्रको ढललाई सुरक्षित तवरले व्यवस्थापन गर्न आयोजनाको बीचमा धाप क्षेत्रमा ठूलो ढल निकास नाली तथा आवश्यकताअनुसार सडक छेउमा सानो ढल नालीको निर्माण गरिनेछ । 

यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारणलाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ । 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना सुरु गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो । 

नगरपालिकाले आयोजना निर्माणका लागि गत वर्षको मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने छन् । 

जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका ३४७ कित्ता समावेश गरिएको मूलले बताए। प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको उनले बताए। 

आगामी दिनमा जगाको चार किल्ला सीमांकन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपूर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात् पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने मूलले बताए। 

व्यास नगरपालिका–१० ९साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु आयोजनामा समावेश गरिएका छन् । 

वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार पाँच सय ३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोशेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।  

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले व्यवस्थित सहर विकासका लागि जग्गा एकीकरण आयोजनाले सहयोग पुग्ने बताए। व्यास नगरपालिकामा बढ्दो जनघनत्वलाई मध्यनजर गरी नगर विकास कोषसँगको ऋण जग्गा एकीकरण आयोजना सुरु गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १२ : ४५ बजे

पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन : भारत

नयाँदिल्ली– भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी

बहिष्कार फण्डा : दर्शकको सेन्सर कि कुसंस्कार ?

काठमाडौं – एक समय मूलधारका मिडियामा समाचार लेख्ने पत्रकारलाई ‘मास’

सन्दर्भ पत्रकारिता दिवस : पहिलो हुने होडमा भूल गर्ने, सुधार कहिल्यै नगर्ने रोग

नेपालमा गोरखापत्र प्रकाशन भएको दिन अर्थात् वैशाख २४ गते। यहि

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त

कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच