रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै « Khabarhub

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । 

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए।

‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन’ शाहीले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।’

रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो ।

यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : २९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२