बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ | Khabarhub Khabarhub

बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् ।

शनिबार काठमाडौं घट्टेकुलोमा महाप्रज्ञा आश्रम (विहार) को समुद्घाटन कार्यक्रममा बोल्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेको धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएको बताए । सिंहले घट्टेकुलोमा नवनिर्मित विहारको समुद्घाटन गरे ।

काठमाडौं घट्टेकुलोमा २०३० सालमा बनेको बिहार बाग्मती प्रदेश सरकारको सहयोगका पुननिर्माण भएको हो । नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले ०३० सालमा घट्टेकुलोमा सो विहार स्थापना गरेका थिए ।

महाप्रज्ञा बुद्ध धर्म प्रचार गरेबापत दुई पटक देश निकाला भएको सन्दर्भ चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले अहिले त्यस्तो अवस्था नरहेको र सबैले आफ्नो इच्छाअनुसार धर्म मान्ने स्वतन्त्र रहेको बताए ।

देश निकाला हुँदा पनि आफ्नो आस्थामा अडिग रहेकाले महाप्रज्ञाको जीवनबाट कठिन अवस्थामा पनि आफ्नो निष्ठा र आस्थाबाट विचलित हुनुहुन्न भन्ने शिक्षा लिन सकिने सिंहको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले अहिले समाजमा नकारात्मकता बढिरहेको भन्दै सत्य तथ्य छुट्याउन सक्ने क्षमता भगवानले मानिसलाई जन्मजात दिएको भन्दै विवेकको प्रयोग गरेर सहि गलत छुट्याउन आग्रह गरे ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : ३५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र