बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ « Khabarhub

बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् ।

शनिबार काठमाडौं घट्टेकुलोमा महाप्रज्ञा आश्रम (विहार) को समुद्घाटन कार्यक्रममा बोल्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेको धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएको बताए । सिंहले घट्टेकुलोमा नवनिर्मित विहारको समुद्घाटन गरे ।

काठमाडौं घट्टेकुलोमा २०३० सालमा बनेको बिहार बाग्मती प्रदेश सरकारको सहयोगका पुननिर्माण भएको हो । नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले ०३० सालमा घट्टेकुलोमा सो विहार स्थापना गरेका थिए ।

महाप्रज्ञा बुद्ध धर्म प्रचार गरेबापत दुई पटक देश निकाला भएको सन्दर्भ चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले अहिले त्यस्तो अवस्था नरहेको र सबैले आफ्नो इच्छाअनुसार धर्म मान्ने स्वतन्त्र रहेको बताए ।

देश निकाला हुँदा पनि आफ्नो आस्थामा अडिग रहेकाले महाप्रज्ञाको जीवनबाट कठिन अवस्थामा पनि आफ्नो निष्ठा र आस्थाबाट विचलित हुनुहुन्न भन्ने शिक्षा लिन सकिने सिंहको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले अहिले समाजमा नकारात्मकता बढिरहेको भन्दै सत्य तथ्य छुट्याउन सक्ने क्षमता भगवानले मानिसलाई जन्मजात दिएको भन्दै विवेकको प्रयोग गरेर सहि गलत छुट्याउन आग्रह गरे ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : ३५ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको