पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून् « Khabarhub

पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून्


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जालमा शुभकामना दिँदै पत्रकारको कलम थाक्न नहुनेमा जोड दिएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील व्यक्तिप्रति सम्मानसहित शुभकामना व्यक्त गरेका छन् ।

‘‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो–जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून् ।’

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभरि नै मनाइँदैछ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ५२ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम