कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने  | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको हो । 

एक सांसदले प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै सरकारको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । 

कांग्रेसले नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमहरू सम्पन्न हुने गरी आगामी आर्थिक वर्ष ०८२-०८३ को वार्षिक विकास कार्यक्रम र बजेट तयारी गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ०२ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको