सूचनाको हकको प्रयोगले सुशासन कायम भएको छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

सूचनाको हकको प्रयोगले सुशासन कायम भएको छ : मुख्यमन्त्री कार्की


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश सरकार र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवामा सुशासन एवं पारदर्शिता कायम गर्न सहयोग पुगेको बताए।

विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले दिवसको शुभकामना दिँदै सञ्चारकर्मीले सत्यतथ्य विवरणसहितको सूचना आमजनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । अँध्यारो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आमनागरिकमाथि हुने साइबर हमला कुनै हालतमा सह्य नहुने भन्दै उनले नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
    
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको महत्वपूर्ण सहभागितामा शुक्रबार सम्पन्न प्रदेश लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जनामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।
    
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरूले कलमका माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत, बालबाल विवाह, महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
    
कार्यक्रममा सूचनाको हकका क्षेत्रमा योगदान गर्ने दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । रु एक लाख १०० राशीको सूचनाको अधिकार पुरस्कारबाट किशोर बूढाथोकी र नगद रु २५ हजार २५ को सूचनाको हक प्रोत्साहन पुरस्कारबाट राष्ट्रिय समाचार समिति सुरुङ्गाका प्रतिनिधि सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । यसैगरी अग्रज पत्रकार एवं महासङ्घका मोरङका पूर्वअध्यक्ष यज्ञ शर्मालाई सम्मान गरिएको छ ।
    
महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासङ्घ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, महासङ्घ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्वप्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेलगायतले सार्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहुँच बढाउन पुरस्कारले सहयोग पुर्‍याएको बताएका थिए । 

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि स्व विनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र बूढाथोकी र काशीराज दाहाललाई प्रदान गरिएको थियो । यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ । 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : १० बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको