सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू « Khabarhub

सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसको सबै सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको हो । 

संघीय संसद्को ठूलो पार्टीको रुपमा रहेको कांग्रेसले संसद् र संसदीय समितिहरूमा विचाराधीन महत्वपूर्ण विधेयकहरूमाथि हुने छलफलमा गम्भीर, जिम्मेवार र प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प पनि गरेको छ ।

नेपाल शिक्षक महासंघसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि कांग्रेस संसदीय दलले प्रतिवद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल