ईश्वर पोखरेलले भने : लोकतन्त्रमा वंशवादको स्थान छैन « Khabarhub

ईश्वर पोखरेलले भने : लोकतन्त्रमा वंशवादको स्थान छैन


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको वर्तमान सङ्घीय लोकतान्त्रिक व्यवस्थामा वशंवादको कुनै स्थान नरहेको बताएका छन् ।

एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले राजालाई स्थान चाहिन्छ भने सर्वसाधारण नागरिक भएर जनतासमक्ष आउनुपर्ने र निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गरे ।

राजावादीका नाममा देशमा अशान्ति फैलाउन नहुने भन्दै त्यस्ता गतिविधि गर्नेलाई लोकतान्त्रिक शक्तिले सफल हुन नदिने वरिष्ठ उपाध्यक्ष पोखरेलले दाबी गरे। “देशमा लोकतन्त्र आएपछि समृद्धि तथा विकासले गति लिएको छ”, उनले भने ।

जनताको सङ्घर्ष, त्याग, तपस्या तथा आन्दोलनबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै पोखरेलले आमनागरिक राजतन्त्रको पक्षमा नरहने बताए । देशमा अर्थतन्त्र सङ्कटमा परेको अवस्थामा समस्या समाधान गर्दै अर्थतन्त्र सुधार गर्न, मुलुकको समग्र विकास गर्न दुई ठूला दल कांग्रेस र एमालेबीच समन्वय भई वर्तमान सरकार गठन भएको उनले जानकारी दिए।

विगतमा पनि राणाशासन, पञ्चायती शासनविरुद्ध तथा लोकतन्त्र स्थापनका लागि नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा आन्दोलन गरेर सफल भएको स्मरण गर्दै उनले अहिले पनि नेपालमा आर्थिक समृद्धि र विकासका लागि दुवै पार्टी हातोमालो गरेर अगाडि बढिरहेका उल्लेख गरे ।

एमालेको जिल्ला अधिवेशबाट नेतृत्व चयन गर्दा क्षमतावान् र पार्र्टी तथा जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्नेमा पोखरेलले जोड दिए । उनले कांग्रेससँग एकातिर प्रतिस्पर्धा छभने एकातिर देश चलाउने जिम्मेवारी रहकाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी रहेको भन्दै राजतन्त्र, शोषक र जनताको हितविपरीत कार्य गर्ने विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । “हामी विकास र समृद्धिका पक्षमा लागेको छौँ । मुलुकभित्र शान्ति कायम गर्न सबै सतर्क र सचेत हुनु जरुरी छ”, उनले भने ।

एमालेका धनुषा इन्चार्ज एवं पोलिटब्यूरो सदस्य जुली महतोले वर्तमान सरकार मुलुकको विकासमा केन्द्रित रहेकाले सबैले सहयोग गर्नुपर्ने आग्रह गरे । एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा आज कार्यक्रम भएको थियो ।

धनुषामा पार्टीका १४ हजार १३३ क्रियाशील कार्यकर्ता रहेका छन् । आजदेखि तीन दिन सञ्चालन हुने अधिवेशनले धनुषाको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको