सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति | Khabarhub Khabarhub

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

यस्तै, चिकित्सा शिक्षा आयोगको १८औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ । छलफलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २७ बजे

‘प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद

एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित

काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित भएको छ।

१ सय २८ वर्षीय योगगुरुको निधन

काठमाडौं– योगगुरु बाबा शिवानन्दको निधन भएको छ । उनको उमेर

माओवादी पदाधिकारी बैठक जारी : ‘तराई–मधेश अभियान’ को समीक्षा हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजको