यातायात बन्दको दोस्रो दिन : सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

यातायात बन्दको दोस्रो दिन : सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरूलाई भने फाइदा पुगेको छ।

सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरू देखिन्छन् ।

मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरू चलेका छन् । यसैगरी साझा यातायातका बसहरू पनि चलिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १२ : ११ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५