भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा « Khabarhub

भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको असम राज्यमा आएको बाढीमा परी २२ जिल्लाका १२५४ गाउँ डुबानमा परेका छन् ।

बाढीले सबैभन्दा बढी श्रीभूमि, कछार, हैलाकांडी, लमीमपुर र नगाउँ जिल्ला प्रभावित भएका छन् ।

असम राज्य आपदा प्रबंधन प्राधिकरणका एक अधिकारीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार गएको २४ घण्टामा बाढीबाट मृत्यु हुनेको सङ्ख्यामा २ जना थपिएका छन् ।

विगत चार दिनमा असममा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीको प्रकोपबारे असमका मुख्यमन्त्री हिमंत विश्वा शर्मासँग जानकारी लिएका छन् । कुराकानीमा उनले असमलाई आवश्यक सम्पूर्ण सहयोग गर्न भारत सरकार तयार रहेको प्रधानमन्त्री मोदीले आश्वासन दिएका छन् ।

असम राज्यमा हालसम्म २ लाख बढी जनसङ्ख्या बाढीका कारण प्रभावित भएको छ । ३२ हजार घरपरिवार घरवारविहीन भएका छन् । स्थानीय प्रशासनले बाढी प्रभावितलाई ३२२ स्थानमा शिविर स्थापना गरेको आपदा विभागले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार जोरहाटस्थित निमातीघाट, गोलाघाटमा ब्रह्मपुत्र र यसका सहायक नदीको जलस्तर खतराभन्दा माथि पुगेको छ । कयौं स्थानमा तटबन्ध फुटेको र दर्जनौं गाउँसँग सम्पर्कविच्छेद भएको रिपोर्टमा उल्लेख छ ।

विगत ५ दिनदेखि लगातार भइरहेको वर्षाले भारतीय उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका कयौं घटना सार्वजनिक भएका छन् ।

भारतको असमसँगै मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेशमा बाढीको प्रकोपका कारण जनधन र भौतिक संरचनाको क्षति भइरहेको छ । बाढीका कारण मिजोरममा विद्यालयहरू बन्द गरिएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १ : ३१ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२