सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै  « Khabarhub

सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले लुम्बिनी प्रदेशको दाङ जिल्लामा गरेको सर्वेक्षणमा महिलाहरू आफ्नै श्रीमानबाट हिंसामा परेको देखाएको छ । 

ओरेकले महिला हिंसा सम्बन्धी कुल ३१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गरेको थियो ।

जनवरीदेखि मार्च २०२५ सम्म अर्थात् ३ महिनाको प्रतिवेदन अनुसार  ८१ प्रतिशत (२५ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ । जसमा अधिकांश घटनामा आरोपितहरू प्रभावित महिलाका आफ्नै जीवनसाथी अर्थात् श्रीमान् रहेका छन् ।

सामाजिक रूपमा महिलाको सुरक्षाको पहिलो अपेक्षित स्थान मानिने परिवारभित्रै महिलाहरू असुरक्षित रहनु गम्भीर चिन्ताको विषय हो ।

यस्ता घटनाहरू केवल दाङ जिल्लासम्म सीमित छैनन् । नेपाल प्रहरीको यस आर्थिक वर्ष सार्वजनिक वार्षिक तथ्याङ्क अनुसार पनि देशभर वार्षिक रूपमा १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३४ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका