सात बुँदे घोषणापत्र जारी गर्दै थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न « Khabarhub

सात बुँदे घोषणापत्र जारी गर्दै थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधाममा दुई दिने थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

थारू अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारू सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपाल र भारतका थारू प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा हाल थारू समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो । 

घोषणापत्रमा आतंकवादको कडा भर्त्सना गर्दै थारू समुदायको भाषा-संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय पहल तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ ।

त्यसैगरी, थारू अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यको संयोजकमा श्रवण थारूलाई चयन गरिएको छ । सम्मेलनले अन्य देशमा पनि सङ्गठन विस्तार गर्दै थारू समुदायका अधिकार र पहिचान संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरेको जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २६ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका