कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति | Khabarhub Khabarhub

कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । सरकारद्वारा गठित वार्ता समिति र आन्दोलनरत कर्मचारीबीच १४ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको हो ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद् गरिएको भन्दै यहाँका ७९ वटै स्थानीय तहका कर्मचारीहरू कामकाज ठप्प पार्दै दुई साताभन्दा बढी समयदेखि आन्दोलनमा थिए ।

सोमबार प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानुन) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति गठन गरेको थियो ।

उक्त समिति, सुर्खेत जिल्लामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड यूनियन र स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समितिबीच त्रिपक्षीय वार्ता तथा छलफलपछि सहमति जुटेको हो ।

सरकारले यही जेठ २ मा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गरिसकेको छ ।

उक्त विधेयकमा स्थानीय सेवामा कार्यरत कर्मचारीको वृत्ति विकासमा प्रत्यक्ष असर पर्ने दफा उपदफा संशोधन गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका संयोजक विक्रम शाहीले बताए । रासस

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ०१ बजे

काठमाडौंको गणेशस्थान नजिकै भीषण आगलागी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित भीमसेनस्थान नजिक आगलागी

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन्

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ ।

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भीमसेनस्थान