पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । सन् २०२४ मा मात्रै पाकिस्तानमा बाल दुव्र्यवहारका ३ हजार ३ सयभन्दा धेरै घटना दर्ता भएका छन् ।

साहिल नामक बालअधिकार संगठनले यो तथ्यांक सार्वजनिक गरेको हो । यस तथ्यांकले हरेक दिन नौ जना बालबालिका दुव्र्यवहारबाट पीडित बन्ने गरेको औल्याउँछ ।

यसमा यौन दुव्र्यवहार, घरेलु हिंसा, अपहरण, जबरजस्ती बधुँवा मजदुर, जबरजस्ती विवाहजस्ता घटना समावेश छन् । युरोपियन टाइम्सका अनुसार यसरी दुव्र्यवहारबाट पीडित हुने अधिकांश बालबालिका ६ देखि १५ वर्ष उमेर समूहका छन् ।

यसबाहेक अरु धेरै घटना प्रहरी वा सरकारी निकायसम्म नै नआइपुग्ने जनाइएको छ । खासगरी लज्जा, बदलाको डर र न्याय प्रणालीप्रतिको अविश्वासका कारण धेरै घटना प्रहरी समक्ष नआउने गरेको हो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : २५ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना