एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचारको अभियोग, समसामयिक राजनीति, निजामती विधेयकमा भएको चलखेलका विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टी नेत्री रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि अभियोग लागेपछि झाँक्रीले एक कार्यक्रममा नेतृत्वको आलोचना गर्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् ।

उनले मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने टिप्पणी गरेपछि उनीमाथि पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ९ : ४६ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ