पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान | Khabarhub Khabarhub

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

आफूमाथि साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

उनी अदालतमा उपस्थित भएसँगै उनको बयान सुरु भएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिल्टन होटलसँग सम्बन्धित एक भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १० : ३९ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको