भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित « Khabarhub

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।

नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई  १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उनले बताए।

‘कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो’, उनले भने, ‘प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्यांकन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई सम्मान गरेका हौं ।’

सम्मानित हुनेहरुमा वडा नं २ का खाद्यान्न तथा नगदे बाली उत्पादक कृषक कृष्णबहादुर अधिकारी, वडा नं ३ का कृषक लोकबहादुर खत्री, वडा नं ६ का गाईपालक कृषक कमल गोदार, वडा नं ६ कै भैँसीपालक कृषक शिव खत्री, वडा नं ७ का फलफूलखेती गर्ने कृषक श्यामप्रसाद अर्याल, वडा नं ७ कै फलफूलखेती गर्ने व्यावसायिक कृषक ननिता अर्याल राना, वडा नं ८ का नवीनतम कार्य अन्तर्गत बाख्राको दूधबाट चीज लगायतका परिकार उत्पादनमा सक्रिय कृषक डिलबहादुर गुरुङ र वडा नं ९ का बाख्रापालक कृषक भेमराज रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सात पुरुष किसान र दुई महिला किसान रहेका छन् । कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक सम्मानले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताए। लामो समयदेखि कृषि कर्म गर्दै आएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौँ कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी भीरकोट-८ का बाख्रापालन व्यवसाय गर्दै आएका डिलबहादुर गुरुङले बताए।

‘गाउँमै बसेर कृषि कर्म गर्दा पनि सम्मानित भइने रहेछ भन्ने देखिएको छ’, उनले भने, ‘जसकाकारण आगामी दिनमा व्यवसाय प्रवर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महसुस गरेको छु ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ३१ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ