बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका « Khabarhub

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामीण क्षेत्र तथा बजारहरूमा अनुगमनलाई तीव्र पारेको छ ।   

पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरूमा अनुगमनलाई तीव्रता दिएको हो ।

बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरू बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामीण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । 

अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै व्यवसायमा  छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद नाघेका झन्डै ४१ हजार बढीका समानहरू जफत गरी नष्ट गरिएको छ । 

पालिकाको बेल्टारमा बजारमा संचालित सन एण्ड विष्णु मेडिकल हल एण्ड पोलिक्लिनिकलाई अनुमति बिनै संचालन गरिएकोमा अनुगमन टोलीले सिल गरेको छ  भने उक्त मेडिकल हललाई ५ हजार जरिवाना समेत गरिएको छ ।

अनुगमन टोलीले चौदण्डीगढी ३ स्थित गुप्ता किराना पसललाई २ हजार, सोही ठाउँको होटल युमालाई ५ हजार, चौदण्डीगढी ४ स्थित दर्ता बिना संचालित रेनुका राई र सम्झना राईको पसललाई २ हजार र १५ सय जरिवाना गरिएको छ भने चौदण्डीगढी ५ को घिमिरे किराना पसललाई ५ हजार, चौदण्डीगढी ५ कै आरुष किराना पसललाई ३ हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले केही पसलहरूलाई चेतावनी दिएको छ । अनुगमन टोलीले कानुनसम्मत रूपमा दर्ता नभएको र म्याद गुज्रिएको समान बेचबिखन गरे नगरेको चेकजाँच गर्ने गरेको चौदण्डीगढी नगरपालिका सामाजिक शाखा प्रमुख नवराज बाराले जानकारी दिए ।   

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ३९ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका