गोमालाई मीनबहादुरले गरे एक लाखसहित सम्मान, एमबीबीएससम्म पढाइदिने « Khabarhub

गोमालाई मीनबहादुरले गरे एक लाखसहित सम्मान, एमबीबीएससम्म पढाइदिने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।

उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।

इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।

गोमा एसईईको नतिजाका दिन पनि स्थानीय किसानकहाँ धान रोपाइँमा गएकी थिइन् । त्यहाँबा फर्किने क्रममा एसईईको नतिजा सार्वजनिक भएको उनले थाहा पाएकी थिइन् ।

गोमाले ४ जीपीए ल्याएको देखेपछि परिवार र आफन्त खुशी भएका थिए । विद्यालयमा नियमित अध्ययनसँगै बिहान र साँझ इँटा भट्टामा काम गर्दै आएकी उनलाई अब उच्च शिक्षाको ढोका पनि खुलेको छ।

गोमाले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी थिइन्। ‘असल डाक्टर बनेर जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो लक्ष्य हो,’ उनले भनेकी थिइन् । उनको त्यही लक्ष्यलाई साथ दिएर मीनबहादुरले एमबीबीएससम्म पढाइदिने भएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ४५ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६