गोमालाई मीनबहादुरले गरे एक लाखसहित सम्मान, एमबीबीएससम्म पढाइदिने | Khabarhub Khabarhub

गोमालाई मीनबहादुरले गरे एक लाखसहित सम्मान, एमबीबीएससम्म पढाइदिने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।

उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।

इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।

गोमा एसईईको नतिजाका दिन पनि स्थानीय किसानकहाँ धान रोपाइँमा गएकी थिइन् । त्यहाँबा फर्किने क्रममा एसईईको नतिजा सार्वजनिक भएको उनले थाहा पाएकी थिइन् ।

गोमाले ४ जीपीए ल्याएको देखेपछि परिवार र आफन्त खुशी भएका थिए । विद्यालयमा नियमित अध्ययनसँगै बिहान र साँझ इँटा भट्टामा काम गर्दै आएकी उनलाई अब उच्च शिक्षाको ढोका पनि खुलेको छ।

गोमाले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी थिइन्। ‘असल डाक्टर बनेर जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो लक्ष्य हो,’ उनले भनेकी थिइन् । उनको त्यही लक्ष्यलाई साथ दिएर मीनबहादुरले एमबीबीएससम्म पढाइदिने भएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ४५ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए