एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण « Khabarhub

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । 

पाटी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएको हो । यसअघि बिहीबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन् ।

उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै  स्पष्टीकरण आउने विश्वास रहेको बताए ।

सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए । 

बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए । पार्टीका केही नेताहरू अस्वस्थ्य रहेकाले बैठक केहिसमय बसेर स्थगित गरिएको उनले जानकारी दिए । 

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्ने गरी स्थगित भएको उनले बताए  । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  २ : ५१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र