लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन | Khabarhub Khabarhub

लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

स्पेन—लिभरपुलका चर्चित फरवार्ड २८ वर्षीय डियोगो जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे जोटाको स्पेनमा बिहीबार भएको कार दुर्घटनामा निधन भएको छ।

यात्राका क्रममा दुवैजना दाजुभाइको निधन बिहीबार स्पेनको सामोरा प्रान्तको सेर्नादिल्ला नगरपालिकास्थित मोटरवेमा दुर्घटना हुँदा भएको हो।

स्पेनको सिभिल गार्डका अनुसार, जोटा र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफियलका खेलाडी उनका भाइ आन्द्रे जोटा लेमबोर्गिनी गाडीमा यात्रा गरिरहेका बेला दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको उनीहरू सवार कारले ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट बाहिरिँदा आगो लागेको थियो। गाडीमा आगलागी भएपछि नजिकैको झाडीसमेत जलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भर्खरै भएको थियो बिहे

जोटाले गत जुन २२ मा आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। हाल उनीहरूका तीन सन्तान छन्। भर्खरै नयाँ जीवन सुरु गरेका जोटा र उनको परिवारका लागि यो दुर्घटना एक गहिरो पीडा बन्न पुगेको छ ।

जोटाको करिअर

डियोगो जोटा सन् २०२० मा वुल्भ्सबाट ४१ मिलियन पाउन्डमा लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका थिए।

अघिल्लो सिजनमा उनले ६ गोल गर्दै लिभरपुललाई प्रिमियर लिग जिताउन मद्दत गरेका थिए। उनले एफए कप, कम्युनिटी सिल्ड र दुईपटक काराबाओ कपसमेत जितेका थिए। पोर्चुगलको राष्ट्रिय टिमबाट ४९ खेल खेलेका जोटा युरोपेली नेशन्स लिगको अन्तिम खेलमा पनि सहभागी थिए।

उनको निधनपछि पोर्चुगल फुटबल महासंघले वक्तव्य जारी गरेको छ । ‘डियोगो जोटा र उनका भाइको निधनबाट हामी गहिरो स्तब्ध र दुःखी भएका छौं। जोटा केवल एक उत्कृष्ट खेलाडी मात्रै नभई अत्यन्तै सम्मानित व्यक्ति थिए, जसले आफ्नो समुदायमा उदाहरणीय भूमिका खेलेका थिए’, महासंघले भनेको छ ।

पूर्व लिभरपुल स्ट्राइकर स्ट्यान कोलीमोरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२८ वर्षको उमेरमै जोटाको निधनको खबरले गहिरो झट्का लागेको छ। उनले भर्खरै विवाह गरेका थिए। उनका परिवार, साथीभाइ र लिभरपुल क्लबप्रति सम्वेदना प्रकट गर्दछु।’

लिभरपुलका पूर्व कप्तान जेमी क्याराघरले पनि दु:ख व्यक्त गरेका छन् । ‘डियोगो जोटाको दुःखद निधनको खबरले म अत्यन्तै पीडित छु। उहाँकी श्रीमती र तीन छोराछोरीप्रति सम्वेदना प्रकट गर्दछु’, उनले भनेका छन् ।

म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर गेरी नेभिलले सामाजिक सञ्जालमा लेख्दै श्रद्धाञ्जली दिएका छन् । ‘डियोगो जोटा र उनका भाइको निधनको खबर अत्यन्तै हृदयविदारक छ। उहाँका परिवारप्रति माया र सम्वेदना!’, उनले भनेका छन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ३९ बजे

माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ 

काठमाडौं– नेकपा-माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू

काठमाडौं– राजनीतिक दलका नेताहरूले सरकार, जेन-जी र राजनीतिक दलबीचको त्रिपक्षीय

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

पोखरा– नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको