एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई | Khabarhub Khabarhub

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एलिनाको उजुरीका आधारमा कवि गुञ्जन राईलाई ललितपुरबाट बिहीबार पक्राउ गरि हिरासतमा लिएको हो ।

गुञ्जन इलाम निवासी कवि हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए ।

‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कवितामार्फत् शीर्ष २५ मा परेका उनले प्रतिष्ठालाई समेत आफ्नो घर चितवन भनेर ढाँटेको खुलेको छ ।

उनै कवि गुञ्जनले गायिकाद्वय एलिना र समीक्षा अधिकारीबारे आपत्तिजनक टिप्पणी गरेपछि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

एलिनाले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा प्रहरीले गुञ्जनलाई नियन्त्रणमा लिएको हो । राईलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर म्याद लिइँदैछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ४९ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक