भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा « Khabarhub

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।  

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए । 

बैठकले कानून बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउनेगरि भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी यस कार्यमा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

त्यस्तै बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उम्मेदवार छनौट गर्नका लागि सचिवालय बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनौट विधिलाई पारित गर्ने बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ०१ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की