बाढीले क्षतिग्रस्त बल्थलीका दुई बस्तीमा खानेपानी उपलब्ध « Khabarhub

बाढीले क्षतिग्रस्त बल्थलीका दुई बस्तीमा खानेपानी उपलब्ध


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ ।

२०८१ साल असोजको बाढीपहिरोले क्षति गरेको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।

बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् । २०४७ सालमा निर्माण भएको उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिरोले क्षति गरेपछि दाता संस्थाको सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए ।

उनका अनुसार १९ लाख नौ हजार ४०० खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट चार लाख १८ हजार खर्चिएको हो ।

एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिकाबारे स्थानीय बालबालिकालाई समेत सचेत गराइएको वडाध्यक्ष विपीन लामाले बताए ।

उनका अनुसार विपत्तिपछि केही समयका लागि खानेपानीको हाहाकार हुँदा नगरबाट उपलब्ध सामग्रीमार्फत अस्थायी रूपमा खानेपानी व्यवस्थापन गरिएको थियो । (रासस)

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ४९ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र