नेक्साविरूद्ध इन्टर मियामीको नाटकीय जित, मेस्सीको चोटले बढायो चिन्ता « Khabarhub

नेक्साविरूद्ध इन्टर मियामीको नाटकीय जित, मेस्सीको चोटले बढायो चिन्ता


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चेज स्टेडियम, अमेरिका– लिओनेल मेस्सीको घाइते भएर बाहिरिएका कारण लिग्स कपमा नेक्साविरुद्ध इन्टर मियामीको नाटकीय जित फिक्का देखिएको छ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि टाइब्रेकमा लुइस स्वारेजको अन्तिम पेनाल्टी गोलमार्फत् मियामीले ५–४ को जित निकालेको हो ।

आइतबार बिहान भएको खेलमा मियामीको जितको भन्दा बढी चर्चा मेस्सी घाइते हुँदै ११ औँ मिनेटमै मैदान छाड्नु परेको घटनाको भइरहेको छ । उनी चोटका कारण मैदानबाट सिधै टनेलतर्फ लागेपछि एमएलएसका सबै समर्थक निराश देखिए ।

खेलमा ११ औँ मिनेटमै मेस्सीले चोटका कारण मैदान छाडेपछि त्यसको दुई मिनेटमा टेलास्को सेगोभियाले मियामीका लागि पहिलो गोल गरेका थिए ।

त्यसपछि १७ औँ मिनेटमा मियामीका म्याक्सी फल्कोन रातो कार्ड खाँदै मैदान बाहिर जान बाध्य भए । खेलको ३३ औँ मिनेटमा नेक्साका टमास बडालोनीले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफ पनि तनावपूर्ण देखियो ।

खेलको ६१ औँ मिनेटमा नेक्साका क्रिस्टियन काल्डेरोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर १० खेलाडीमा झरेको नेक्साका लागि ८१ औँ मिनेटमा रिकार्डो मोनरियलले अग्रता दिलाए। खेल गुमाइसकेको मियामीले अतिरिक्त समयमा राहत पायो । उसका लागि खेलको ९२ औँ मिनेटमा जोर्डी आल्बाले हेडरमार्फत बराबरी गोल फर्काए । त्यसपछि खेल टाइब्रेरकमा धकेलियो ।

पेनाल्टी हुँदा मियामीका किपर रोक्को रिओस नोभोले एक पेनाल्टी बचाउ गरे । उता मियामीका लागि लुइस स्वारेजले निर्णायक पेनाल्टी हानेका थिए ।

जितसहित इन्टर मियामीले महत्वपूर्ण दुई अंक बटुल्न सफल भए पनि कप्तान मेस्सीको चोटले गम्भीर चिन्ता बढाएको छ । लिग्स कपको आगामी खेल पुमासविरुद्ध हुँदैछ । यस्तोमा सबैको ध्यान मेस्सीको स्वास्थ्य स्थितिमा केन्द्रित भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ०१ बजे

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री