नेक्साविरूद्ध इन्टर मियामीको नाटकीय जित, मेस्सीको चोटले बढायो चिन्ता « Khabarhub

नेक्साविरूद्ध इन्टर मियामीको नाटकीय जित, मेस्सीको चोटले बढायो चिन्ता


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चेज स्टेडियम, अमेरिका– लिओनेल मेस्सीको घाइते भएर बाहिरिएका कारण लिग्स कपमा नेक्साविरुद्ध इन्टर मियामीको नाटकीय जित फिक्का देखिएको छ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि टाइब्रेकमा लुइस स्वारेजको अन्तिम पेनाल्टी गोलमार्फत् मियामीले ५–४ को जित निकालेको हो ।

आइतबार बिहान भएको खेलमा मियामीको जितको भन्दा बढी चर्चा मेस्सी घाइते हुँदै ११ औँ मिनेटमै मैदान छाड्नु परेको घटनाको भइरहेको छ । उनी चोटका कारण मैदानबाट सिधै टनेलतर्फ लागेपछि एमएलएसका सबै समर्थक निराश देखिए ।

खेलमा ११ औँ मिनेटमै मेस्सीले चोटका कारण मैदान छाडेपछि त्यसको दुई मिनेटमा टेलास्को सेगोभियाले मियामीका लागि पहिलो गोल गरेका थिए ।

त्यसपछि १७ औँ मिनेटमा मियामीका म्याक्सी फल्कोन रातो कार्ड खाँदै मैदान बाहिर जान बाध्य भए । खेलको ३३ औँ मिनेटमा नेक्साका टमास बडालोनीले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफ पनि तनावपूर्ण देखियो ।

खेलको ६१ औँ मिनेटमा नेक्साका क्रिस्टियन काल्डेरोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर १० खेलाडीमा झरेको नेक्साका लागि ८१ औँ मिनेटमा रिकार्डो मोनरियलले अग्रता दिलाए। खेल गुमाइसकेको मियामीले अतिरिक्त समयमा राहत पायो । उसका लागि खेलको ९२ औँ मिनेटमा जोर्डी आल्बाले हेडरमार्फत बराबरी गोल फर्काए । त्यसपछि खेल टाइब्रेरकमा धकेलियो ।

पेनाल्टी हुँदा मियामीका किपर रोक्को रिओस नोभोले एक पेनाल्टी बचाउ गरे । उता मियामीका लागि लुइस स्वारेजले निर्णायक पेनाल्टी हानेका थिए ।

जितसहित इन्टर मियामीले महत्वपूर्ण दुई अंक बटुल्न सफल भए पनि कप्तान मेस्सीको चोटले गम्भीर चिन्ता बढाएको छ । लिग्स कपको आगामी खेल पुमासविरुद्ध हुँदैछ । यस्तोमा सबैको ध्यान मेस्सीको स्वास्थ्य स्थितिमा केन्द्रित भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ०१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट