सभामुख फर्किए, प्रधानमन्त्री जाँदै « Khabarhub

सभामुख फर्किए, प्रधानमन्त्री जाँदै


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वीटजरल्यान्डको जेनेभाबाट आइतबार फर्किएका छन् ।

अन्तरव्यवस्थापिका संघ (आईपीयू)को छैटौँ सम्मेलनमा भाग लिन साउन ११ गते स्वीटजरल्याण्ड गएका उनी आइतबार मध्यान्ह काठमाडौंमा अवतरण गरेका छन् ।

सभामुख घिमिरेसँगै भ्रमण टोलीका सदस्यहरू प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र परिवार दलका अध्यक्ष एवम् एमाले सांसद एकनाथ ढकाल पनि फिर्ता भएका छन् ।

उता आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानतिर जाँदैछन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन्। उनको टोली फ्लाई दुबईको उडानबाट मध्यराति ११ः५५ बजे दुबई हुँदै आस्गावातका लागि जान लागेको हो।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सांसद सूर्यबहादुर थापा क्षत्री, नीजि चिकित्सक डा. दिव्यासिंह शाह र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : २६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र