सडक सुरक्षा चुनौती बनिरहेको छ : मन्त्री दाहाल « Khabarhub

सडक सुरक्षा चुनौती बनिरहेको छ : मन्त्री दाहाल


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन् ।

आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपालले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुई दिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताएको उनको सचिवालयले जनाएको छ । नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताए ।

सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

कार्यक्रममा मोरङका शेखरचन्द्र राईलाई सडक सुरक्षा अवार्ड प्रदान गरियो । त्यस अवसरमा विभिन्न कार्यपत्रमाथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।

सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीका बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : २९ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको