बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रममात्रै हो : कानुनमन्त्री चौरसिया « Khabarhub

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रममात्रै हो : कानुनमन्त्री चौरसिया


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र नभएको बताए ।
      
सिंहदरस्थित कानुन मन्त्रालयमा आइतबार नेपाल महिला सङ्घसँगको भेटमा मन्त्री चौरसियाले बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन भन्ने कुरा गलत र भ्रामक मात्रै भएको बताए  । ‘बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन बनाइँदै भन्ने कुरा भ्रम मात्रै हो, त्यस विषयमा कानुन बन्ने होइन’, मन्त्री चौरसियाले भने, ‘बहुविवाहलाई छुट दिनेगरी कानुन बन्दैन ।’

सङ्घका अध्यक्ष उषा रावत मिश्रले बहुविवाहलाई छुट दिनेगरी प्रस्तावित कानुन बनाउने काम हुन लागेको भए तत्काल रोक्न माग गरेकी थिइन् । 

‘संविधान र कानुनमा उल्लिखित एक विवाह र लैङ्गिक समानताका सिद्धान्तलाई अक्षुण्ण राख्नुपर्छ, पुस्तौँदेखि विभेदकारी प्रथालाई उन्मूलन गर्न लडेका छौँ’, सङ्घले मन्त्रीसँगको भेटपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कठोर सङ्घर्षबाट प्राप्त गरेका अधिकारहरूलाई यसरी कमजोर बनाइनु हुँदैन ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : १९ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा