पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस « Khabarhub

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खसेको छ । यो बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्, तीनजनाको अवस्था सामान्य छ ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै ऐना पहरा भीरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

बसको अगाडिको भाग भासिएकाले त्यहाँ केही मान्छे च्यापिएको हुन सक्ने आशंका गरिएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

सडकबाट खसेको बसलाई निकाल्न क्रेन बोलाइएको छ। क्रेन आइसकेपछि बसले मान्छे च्यापे नच्यापेको पक्का हुने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको जनाएको छ । नियन्त्रणमा लिइएका चालके पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।

तस्बिर : प्रकाश श्रेष्ठ

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ०५ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र