पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस « Khabarhub

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खसेको छ । यो बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्, तीनजनाको अवस्था सामान्य छ ।

गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै ऐना पहरा भीरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

बसको अगाडिको भाग भासिएकाले त्यहाँ केही मान्छे च्यापिएको हुन सक्ने आशंका गरिएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

सडकबाट खसेको बसलाई निकाल्न क्रेन बोलाइएको छ। क्रेन आइसकेपछि बसले मान्छे च्यापे नच्यापेको पक्का हुने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको जनाएको छ । नियन्त्रणमा लिइएका चालके पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।

तस्बिर : प्रकाश श्रेष्ठ

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ०५ बजे

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली