नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना परियोजना सुरू « Khabarhub

नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना परियोजना सुरू


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरेको छ।

यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत अघि बढाइएको भारतीय राजदुतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साउन १६ गते नयाँ दिल्लीमा शुभारम्भ गरिएको उक्त पहलले नेपालको सार्वजनिक खाद्य आपूर्ति प्रणालीलाई सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन तथा सरोकारवालाको संलग्नता रहनेछ। दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र भारतीय विशेषज्ञहरूसँगको अन्तरक्रिया तथा अध्ययन भ्रमण समावेश हुनेछ। अन्तिम चरणमा दीर्घकालीन कार्ययोजना निर्माण गरिनेछ।

यस परियोजनाको प्रशिक्षण पक्ष भारतको आइटेक कार्यक्रममार्फत सञ्चालन हुनेछ। दूतावासका अनुसार सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले आइटेक अन्तर्गत भारतमा तालिम लिइसकेका छन्।

नेपालमा भारतको सफल सार्वजनिक वितरण प्रणालीको अनुभवबाट सिक्दै चामल आपूर्ति श्रृंखलामा सुधार ल्याउनु यस परियोजनाको मुख्य उद्देश्य हो। यसले विशेषतः खरिद प्रक्रिया, तथ्याङ्क संकलन, दक्ष कार्यबल विकास, र डिजिटल प्रविधिको प्रयोगमा टेवा पुर्‍याउनेछ।

क्षेत्रहरू

लाभार्थी व्यवस्थापन

भण्डारण तथा वितरण मोडेल

अनुगमन तथा मूल्याङ्कन प्रणाली

गुनासो निवारण संयन्त्र

दिगो विकास लक्ष्यमा योगदान

सन् २०२३ को सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको ७८औं सत्रको अवसरमा घोषणा गरिएको भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत कार्यान्वयनका लागि विश्व खाद्य कार्यक्रमको सहकार्यमा नेपालमा यो परियोजना समेत चयन गरिएको हो।

दूतावासका अनुसार उक्त परियोजनाले भारत र नेपालबीचको बलियो विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । यसका साथै दक्षिण-दक्षिण सहकार्यका माध्यमबाट नवप्रवर्तनहरू साझा गर्दै खाद्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने उद्देश्य यसले राखेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ५८ बजे

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा