पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार « Khabarhub

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ।

फाइनल चरणको अन्तिम दिन अन्तिम खेलमा ‘चिकेन डिनर’ जितेको होराले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थानमा स्थान बनाएको हो।

यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा प्राप्त पुरस्कारसहित कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार १७५ रुपैयाँ) जितेको छ।

गत शुक्रबारदेखि आइतबारसम्म सम्पन्न लिग चरणमा १३औँ स्थानमा रहँदा होराले सिधा ग्रान्ड फाइनलमा प्रवेश गर्न सकेको थिएन। लिग चरणमा शीर्ष ८ भित्र नपरेपछि उनीहरूले सर्भाइभल स्टेजमार्फत फाइनलमा स्थान बनाएका थिए।

सर्भाइभल चरणमा होराले १२ खेल खेल्दै २ चिकेन डिनर सहित १०८ अंक जोडेका थिए, जसको आधारमा उनीहरू शीर्ष ८ भित्र पर्न सफल भए र ग्रान्ड फाइनलको यात्रा तय गरे। यस चरणमा पनि होराले २५ हजार डलर जितेको थियो ।

नेपाली टिमको यो सफलताले अन्तर्राष्ट्रिय इस्पोर्ट्स मञ्चमा नेपालको उपस्थिति अझ सशक्त बनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ५१ बजे

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

महेन्द्रनगर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू

सन् २०२५ मा लिबियाबाट ३७ हजारभन्दा बढी आप्रवासीलाई स्वेच्छिक निर्वासन

एजेन्सी– लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना

स्काभेटर र टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक