पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार « Khabarhub

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ।

फाइनल चरणको अन्तिम दिन अन्तिम खेलमा ‘चिकेन डिनर’ जितेको होराले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थानमा स्थान बनाएको हो।

यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा प्राप्त पुरस्कारसहित कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार १७५ रुपैयाँ) जितेको छ।

गत शुक्रबारदेखि आइतबारसम्म सम्पन्न लिग चरणमा १३औँ स्थानमा रहँदा होराले सिधा ग्रान्ड फाइनलमा प्रवेश गर्न सकेको थिएन। लिग चरणमा शीर्ष ८ भित्र नपरेपछि उनीहरूले सर्भाइभल स्टेजमार्फत फाइनलमा स्थान बनाएका थिए।

सर्भाइभल चरणमा होराले १२ खेल खेल्दै २ चिकेन डिनर सहित १०८ अंक जोडेका थिए, जसको आधारमा उनीहरू शीर्ष ८ भित्र पर्न सफल भए र ग्रान्ड फाइनलको यात्रा तय गरे। यस चरणमा पनि होराले २५ हजार डलर जितेको थियो ।

नेपाली टिमको यो सफलताले अन्तर्राष्ट्रिय इस्पोर्ट्स मञ्चमा नेपालको उपस्थिति अझ सशक्त बनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ५१ बजे

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक