आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिक क्षेत्रमा भने संकट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम सहज बन्नेछ ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । सुखद् यात्रा तय हुनेछ । राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ । समाजमा तपाईंप्रति आक्रोश बढ्ने जोखिम छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । कर्मचारी भए बढुवा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ ।

सिंह : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । तपाईंले सोचेका काम सहज बन्नेछन् । मनमा अनावश्यक तर्क बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। परिवारमा कामको बोझ थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा भने मन नजाने जोखिम छ ।

तुला : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिमा फाइदा होला ।

वृश्चिक : दिन राम्रो छ । धनका स्रोत पत्ता लाग्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ । विज्ञसँग परामर्श लिएर गरेको काम सफल बन्नेछ ।

धनु : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा रमाइलो गर्ने योग छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन अनावश्यक खर्च हुनेछ । साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने देखिन्छ । काम गर्नु भन्दा पहिला सोच्नु आवश्यक देखिन्छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । साथीले साथ नदिने जोखिम छ ।

कुम्भ : दिन सामान्य राम्रो छ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । धार्मिक व्यक्तिसँगको परामर्शले मनमा शान्ति मिल्नेछ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आइपर्ने जोखिम छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गरेमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ०१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन