आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : २२ बजे

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम

एमालेले विधान महाधिवेशन प्रतिनिधिबाट पैसा नउठाउने, सबै खर्च केन्द्रले गर्ने

काठमाडौँ- प्रमुख सत्तारूढ नेकपा एमालेले यही शुक्रबारदेखि २० गतेदेखि सुरू

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन : ऊर्जामन्त्रीका 

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री

एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम