भोजपुरमा सुन्तलामा फल झर्ने रोग, किसान समस्यामा « Khabarhub

भोजपुरमा सुन्तलामा फल झर्ने रोग, किसान समस्यामा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् । 

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनको भनाइ छ । 

‘सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ’, उनले भने,’भेट्नो कुहिएर फल झरिरहेको छ, सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ ।’

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताए।

 फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको नको भनाइ छ ।

‘फल झर्ने रोगले बगान नै खाली हुने अवस्था छ’, उनले भने, ‘गत वर्ष रु १० लाखको सुन्तला बिक्री गरेकी थिए, फल झरेका कारण यस वर्ष उत्पादन घट्ने चिन्तामा छु ।’

 आफ्नो बगानमा साना ठूला गरी करिब ७०० बोट सुन्तला रहेको उनको भनाइ छ । 

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए। राज्यले रोगको निराकरणको लागि ध्यान दिन आवश्यक रहेको उनले बताए। प्रायः यहाँका सबै किसानको सुन्तला बगैँचामा फल खस्ने रोग देखिएको उनले जानकारी दिए ।

‘सुन्तलामा विभिन्न खालका रोग देखिँदा हामी किसान समस्यामा छौँ’, उनले भने, ‘राज्यले रोगको पहिचान गरिदिए हुने थियो, रोगको पहिचान भएमा हामी आफैँ औषधि किनेर लगाउन तयार छौँ, यही समस्या रहेमा बगान नै सखाप हुने अवस्था छ ।’
 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : २५ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम