धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा « Khabarhub

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ ।

काभ्रेको साविक दोलालघाट गा.वि.स. – ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

भण्डारीलाई पक्राउ गर्न अख्तियारको टोली केन्द्रीय कार्यालय टङ्गालबाटै खटिएको थियो । भण्डारीले घुस लिँदै गरेको जानकारी अख्तियारको टोलीले पाएको थियो ।

अख्तियारको टोली मालपोत कार्यालय परिसरमा भएकै बेला भण्डारीले सेवाग्राहीबाट घुस लिइरहेका थिए । अख्तियारको टोलीले उनलाई घुसबापतको दुई लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

भण्डारीको साथबाट एक थान मोबाइल पनि नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

घुस रकमसहित भण्डारी पक्राउ परेकोबारे अ.दु.अ.आ.को विज्ञप्ति :

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ५८ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना