टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा  « Khabarhub

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । 

मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदीका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । साथै उक्त समारोहमा  स्थानीय समुदाय, व्यावसायिक प्रतिनिधि र ग्राहकहरूको पनि उपस्थिति थियो ।
 
नयाँ शोरूममार्फत अब सुदूरपश्चिम क्षेत्रभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू-टाटा टियागो.ईभी, पञ्च.ईभी, नेक्सनके३.ईभी र कर्भ.ईभी-सजिलै खरिद गर्न सक्नेछन् । 

त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।   

जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशकपाण्डेले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं ।’

‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं ।, ‘सिप्रदीका सिनियर म्यानेजर ढुंगेलले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ५१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको