शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी « Khabarhub

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गरेका थिए । तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ ।

पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गरे ।

“हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए । रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताएका थिए ।

पुटिनले भने, “राष्ट्रपति ट्रम्पले मलाई यस्तो बैठकका लागि आग्रह गर्नुभयो, मैले जेलेन्स्कीलाई मस्को आउन दिनुहोस् । यो सम्भव छ भने।” एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गरेका थिए ।

पुटिनले युक्रेनसँगको शान्ति वार्तामा थप उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन रुस तयार रहेको बताए पनि त्यो को हुने भन्नेबारे भने केही बताउन चाहनुभएन ।

“यदि प्रतिनिधिमण्डलको स्तर बढाउन आवश्यक छ भने हामी त्यसका लागि तयार छौं,” रुसी नेता पुटिनले भने । मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ९ : ३८ बजे

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई