युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु « Khabarhub

युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कीभ- युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ ।

साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।

युक्रेनको राज्य आपतकालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रूसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ ।

सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।

करिब तेह्र हजार वर्ग मिटरमा फैलिएको आठवटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपतकालीन सेवाले जनाएको छ ।

गत सेप्टेम्बरमा रूसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सातवटा घोडाहरू मारिएको जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ५४ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु