युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु « Khabarhub

युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कीभ- युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ ।

साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।

युक्रेनको राज्य आपतकालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रूसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ ।

सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।

करिब तेह्र हजार वर्ग मिटरमा फैलिएको आठवटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपतकालीन सेवाले जनाएको छ ।

गत सेप्टेम्बरमा रूसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सातवटा घोडाहरू मारिएको जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ५४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने