शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरूको भेटवार्ता « Khabarhub

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरूको भेटवार्ता


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । 

हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा आज पार्टीका नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५ औँ महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गर्दै आएका नेता गुरुराज घिमिरेले जानकारी दिए।  

 भेटघाट र छलफलका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताएका थिए । नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए।

 नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुनसक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उनले बताए।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ०५ बजे

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक